गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

गौमुल गाउँपालिकाका विद्यालयमा पोषण सप्ताह

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०४, २०८१
गौमुल गाउँपालिकाका विद्यालयमा पोषण सप्ताह

बाजुरा : गौमुल गाउँपालिकामा पोषण सप्ताह अभियान सञ्चालन गरेको छ । मंगलबारबाट सूरु गरिएको पोषण सप्ताह अभियान पालिकाका सबै विद्यालयमा जारी रहेको छ ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा र स्वास्थ्य शाखाको आयोजना तथा आईडीएस नेपालको आर्थिक सहयोगमा विभिन्न चेतनामुलक कार्यक्रम सहीत २३ वटै विद्यालयमा पोषण सप्ताह सञ्चालन गरिएको हो ।  

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकास लागि उपयुक्त पोषणको जानकारी सहीत परामर्शका लागि सञ्चालन गरिएको पोषण सप्ताह कार्यक्रम जेठ ७ गतेसम्म जारी रहने आईडीएस नेपालका विद्यालय सुपरभाईजर पवित्रा बोहराले बताएकी छन् ।

पोषण सप्ताह कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालय नर्स लगायत खटिएका छन् । प्रत्येक वडाका सबै विद्यालयले नजिक र पायक पर्ने विद्यालयमा सप्ताह मनाएका हुन् ।

स्वास्थ्यकर्मीद्धारा विद्यालयमा बालबालिकालाई सन्तिुलित आहार, बालपोषण, सरसफाईकाबारेमा परामर्श र उनीहरुको स्वास्थ्य परीक्षण गरेर पोषण स्प्ताह मनाउने गरेको बोहराले बताइन् । सामुदायिक विद्यालयमा पोषण अभावका कारण बालबालिका निकै दुब्लो र अवस्वस्थ हुने गरेकाले सन्तुलित आहारा, व्यक्तिगत तथा विद्यालयको सरसफाई, विभिन्न रोग सम्बन्धी जानकारी गर्ने गरेको छ ।

त्यस्तै बालबालिकालाई जुकाको औषधि खवाउँने, स्वास्थ्य परीक्षण, पोषणको विषयमा हाजिरी जवाफ, वक्त्वकला प्रतियागिता जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन हुँदै आएको विद्यालय सुपरभाईजर बोहराले बताएकी छन् ।

पोषण सप्ताह कार्यक्रमले गाउँपालिकाभित्रका बालबालिकाको क्षमता अभिवृद्धि र कुपोषणबाट जोगिन मदत पुग्ने विश्वस लिईएको छ । कार्यक्रममा स्वस्थ जीवनशैलीसंग जोडिएका कुराकानी समेत गरिर्दै आएको छ । 

शक्ति दिने वृद्धि विकास गर्ने तथा रोगबाट सुरक्षा दिने खानेकुराका साथै बालबालिकाको प्रतिरोधात्मक प्रणालीको विकास, बौद्धिक विकासका, सर्ने तथा नसर्ने रोगहरुको जोखिम घटाउन लगायत पोषण सम्बन्धी ज्ञाप प्रदान गरिएको छ । 

किर्तिचौर माविबाट सुरु गरिएको पोषण सप्ताह कार्यक्रम अम्लीस मावि, जनज्योति मावि, मानाकोट माविमा भव्य कार्यक्रम सञ्चालन गरिएको छ । भने अन्य विद्यालयमा पनि गर्ने तयारी रहेको छ । पाेषण सप्ताह कार्यक्रम वडा नं‌‌.१, २, ३, ४, ५ र ६  भित्रका सबै विद्यालयमा सञ्चालन भइरहेकाे छ । 

विद्यालयमा जनचेतनामूलक सन्देश सहीतका कार्यक्रम हाजिरी जवाफ, वक्तृत्वकला, कविता, नृत्य लगायतका कार्यक्रम सञ्चालन गरिएका छन् । पोषण सप्ताह कार्यक्रमलाई प्रभावकारी र सफल पार्न जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, बालबालिका, अभिभावक लगायतको सहभागि हुने गरेका छन् ।

प्रतिक्रिया