गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४४
Dho

सुदूरपश्चिमका मुख्ममन्त्री दीर्घ सोडारीले पाए विश्वासको मत

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०३, २०८१
सुदूरपश्चिमका मुख्ममन्त्री दीर्घ सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।  मु्ख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा शून्य मत खसेको छ। बैठकमा २८ सांसद सहभागी थिए।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति रेशम पक्षका सांसदहरूले भने विश्वासको मत दिएनन्। उनीहरू मतदान प्रक्रियामा सहभागी नै भएनन्। मुख्यमन्त्री सोडारीले एमाले,नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रन्जिता पक्षका र स्वतन्त्र सांसले विश्वासको मत दिएका हुन्।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस र नाउपाको रेशम चौधरी पक्षका सांसदहरूले विरोधसहित नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए। उनी वैशाख ६ गते एमाले,माओवादी,नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया