गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३२
Dho

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०३, २०८१
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन्।

दोस्रो प्रदेश सभाको तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरुध पारेका हुन्। उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए। सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए। तर, प्रदेश सभा सदस्यहरूले नमानेपछि आधा घण्टका लागि बैठक स्थगित गरिएको हो। उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ। सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीले यसअघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गरेका थिए। तर, तत्कालीन समयमा नेकपा (एमाले) ले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो। एमाले संसदीय दलले सरकारमा नजाने तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ। गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी नेकपा (एकीकृत समाजवादी) का चार जना प्रदेश सभा सदस्य छन्।

यसै गरी, एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको देखिन्छ। मुख्यमन्त्रीलाई समर्थन गर्ने दुवै जना मन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया