गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५२
Dho

बाजुरामा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
बिहीबार, जेठ ०३, २०८१
बाजुरामा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घरबाट ११ बजेको समयमा काफल खान जंगल गएकी भारती राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको व्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिएका छन् । 

उनका अनुसार भारती हराएको प्रहरीमा आफन्तले खबर गरेपछि स्थानीय र प्रहरीले खोजी गर्दा दुर्गा भञ्जन गुल्म व्यारेक नजिकै रहेको तिलेचौरमा मृत अवस्थामा फेला पारेको हो । मृतक भारतीको पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् ।

प्रतिक्रिया