गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३८
Dho

नेकपा एमाले बाजुराको ८ औँ जिल्ला अधिवेशन : सहमतीको कसरतमा नेता

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०२, २०८१
नेकपा एमाले बाजुराको ८ औँ जिल्ला अधिवेशन : सहमतीको कसरतमा नेता

बाजुरा : नेकपा एमाले जिल्ला अधिवेशन अधिवेशन सुरु भएको छ । एमालेको ८ औं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा मंगलबार एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

अधिवेशनको उद्घाटन नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादलले गरेका हुन् । बडीमालिका नगरपालिकामा रहेको खुल्ला मञ्चमा हजारौं नेता तथा कार्यक्रमको सहभागिता सहीत अधिवेशन उद्घाटन गरिएको थियो ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल, नेकपा एमाले निर्वाचन कमिटी अध्यक्ष डाक्टर विजय सुब्बा, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले केन्द्रीय कमिटी सदस्य लालबहादुर थापा, प्रकाश बहादुर शाह लगायतका नेताहरुले नेकपा एमाले बाजुराको ८ औं जिल्ला अधिवेशनको सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनको सम्बोधन गर्दै थापा बादलले नेपाली कांग्रेस पुँजीवादी वर्गको पार्टी रहेको बताएका छन् । ठुला पुँजीपतिहरुको प्रतिनिधित्व गर्न राजनितिक पार्टी नेपाली कांग्रेसलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशनले परिभाषित गरेको बताए ।

पुँजीपतिहरुको स्वार्थपूर्ति गर्न कांग्रेस पार्टी खोलिएको आरोप समेत लगाएका थिए । नेपालमा मुख्य रुपमा पुँजीवादी कांग्रेस, श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी एमाले र अन्य साना अवसरवादी गरी तीन किसिमका पार्टी रहेको बताएका छन् ।

पुँजीवादी पार्टीले अवसरवादी पार्टीहरुलाई आफूतिर तानेर नेकपा एमालेलाई घेराबन्दी गर्दै अहिले बनेको एमाले नेतृत्वको सरकारलाई गिराउँने खेल चलिरहेको उपाध्यक्ष थापाले जिकिर गरे ।

नेकपा एमालेको सरकारलाई हुन नदिने षडयन्त्र भईरहेको पनि थापाले बताए । देशको अर्थतन्त्रलाई मुलधारमा ल्याउन नीति तथा कार्यक्रममार्फत अहिलेको सरकारले प्रयास गरिरहेको थापाले दावि गरेका छन् ।

त्यस्तै नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले सबै भन्दा पहिले सम्पूर्ण बाजुराली जनता विउझाने काम नेकपा एमालेले गरेको बताएका छन् । एमाले बाजुराको ८ औ जिल्ला अधिवेशनको सम्बोधन गर्दै उनले बाजुराका कुना कन्धरा, बस्ती बस्तीहरुका जनतालाई जगाउँने काम एमालेका नेताले गरेको दाबी गरेका छन् । 

जनतालाई संगठित र क्रियाशील बनाउँने कार्यको सुरुवात एमालेले गरेको उनले बताए । उनले भने बाजुरा अब सुतेको छैन्, बाजुरा जागिसकेको छ, परिवर्तनशील भईसकेको छ । 

जनतालाई भुलाउँने र  आश्वासनका भारी दिने र काम शुन्य नगर्ने पुरानो पार्टी नेपाली काँग्रेस रहेको थापाले बताएका छन् । एमाले सुन्दर फुलबारीको बगैंचा रहेको बताउँदै यही फूलबारीमा थुप्रै विकासवादी नेताहरु जन्मिएको बताए ।  

त्यस्तै नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर थापाले नेकपा एमालेले बाजुराली जनताका समस्या पहिचान गरी सम्बोधन गरेको बताएका छन् । बाजुराको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्ता जनताका आधारभूत आवश्यकतालाई पूरा नेकपा एमालेले मात्रै गरेको बताए । 

उनले पार्टीभित्रका समस्या र चुनौतीलाई मुक्त गर्दै समृद्ध नेपाल खुशी नेपालीको राष्टिय आकाक्षा पुरा गर्ने यात्रामा नेकपा एमाले अगाडी बढिरहेको बताए । उहाँले चुनावको बेला मात्रै सक्रिय हुने प्रवृत्ति अन्त्यै गर्नुपर्ने र आफ्नो जिम्मेवारी समय अवधीभर गर्नुपर्ने पनि नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

यतिबेला नयाँ नेतृत्व चयनमा नेताहरु समझदारीको कसरतमा जुटेका छन् । पदका आकांक्षीहरुलाई सहमती र समझदारीमा ल्याउन सबै नेताहरु लागेको एक नेताले बताएका छन् ।

May be an image of crowd, mountain and road

प्रतिक्रिया