गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२८
Dho

बाजुरा महोत्सव, बार्जु उत्सव भोलीदेखि सुरु हुदैं, सम्पूर्ण तयारी पूरा

गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख २७, २०८१
बाजुरा महोत्सव, बार्जु उत्सव भोलीदेखि सुरु हुदैं, सम्पूर्ण तयारी पूरा

बाजुरा : सुदूर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गर्न लागेको “बाजुरा महोत्सव, बार्जु उत्सवको तयारी पुरा भएको छ । महोत्सव भोलीदेखि सुरु हुने भएको छ । जिल्लाको कला साहित्य र स्थानीय संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सवको  तयारी पुरा भएको आयोजकले जनाएको छ । 

सुदूर साहित्य प्रतिष्ठान बाजुराले मञ्च, स्टल लगायतको सम्पूर्ण व्यवस्थापन गरिसकेको मुल आयोजक समितिका सचिव कृष्ण ओलीले बताएका छन् । सिङ्गो बाजुरा जिल्लाको पहिचान झल्काउने गरी सञ्चालन गरिने महोत्सवमा मनोरञ्जन मात्र नभई कला संस्कृतिहरुको प्रवद्र्धनका साथै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार समेतमा टेवा पुग्ने उनले बताए । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुत रहने छ । स्थानीय संस्कृति झल्काउने भुवा, अनन्ते, गौरा, स्थानीय उत्पादनबाट बनेका डोका, डाला, लगायतका स्थानीय स्तरमा निर्माण गरिएका सामग्रीहरु समेत प्रदर्शनमा राखिने भएको छ

महोत्सवलाई भव्य र स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै महोत्सवसंगै बार्जु उत्सव समेत मनाइने भएको छ । भोली सञ्चालन हुने महोत्सव जेठ ८ गतेसम्म चल्ने भएको छ ।

भोलीदेखि सुरु हुने बाजुरा महोत्सव, बार्जु उत्सवको उद्घाटन बडीमालिका नगर प्रमुख अमर बहादुर खड्का गर्ने भएका छन् । महोत्सवमा राष्ट्रिय स्तरका रामजी खाँड, राधिका हमाल, रचना रिमाल, रमेशराज भट्टराइ, ज्योती मगर, सुप्रिम मल्लसिम्रन परियार लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

यस्तै महोत्सवमा  देउडा गायक प्रकाश थापा, लालबहादुर थापा, डिक्रा गाइने, रेखा जोशी, शोभा थापा, ध्वज महरा लगायतका कलाकार पनि बार्जु उत्सवमा आउने भएका छन् । भने महोत्सवमा हास्य कलाकार तथा लाइृभ देउडा पनि हुने भएको महोत्सव प्रचार प्रसार समितिले जनाएको छ । 

प्रतिक्रिया