गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१५
Dho

जनज्योति माविको विव्यस अध्यक्षमा प्रेम रोकाया सर्वसम्मत

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २५, २०८१
जनज्योति माविको विव्यस अध्यक्षमा प्रेम रोकाया सर्वसम्मत

बाजुरा : गौमुल गाउँपालिका‐२ दहकोटमा रहेको जनज्योति माविको विव्यस अध्यक्षमा प्रेम बहादुर रोकाया सर्वसम्मत चयन भएका छन् । आज सञ्चालन गरिएको विव्यस पुनः गठन कार्यक्रमबाट वडा नं.२ का वडा सदस्य समेत रहेको रोकायालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

निर्वतमान विव्यस अध्यक्ष जोगबहादुर रोकायाको अध्यक्षता तथा वडा नं.२ का वडाध्यक्ष देवबहादुर रोकायको प्रमुख आथित्यतामा नयाँ कार्यसमिति गठन गरिएको हो । प्रेम रोकायाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।  

त्यस्तै शिअसंघ अध्यक्षमान सुरेन्द्र रोकाया चयन भएका छन् । उनको नेर्ततवमा ७ सदस्यीय समिति गठन गरिएको छ । भने खाजा व्यवस्थापन समितिको अध्यक्षमा जनक रोकाया संयोजकमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर रोकायाले बताएका छन् ।

वडाध्यक्ष देवबहादुर रोकाया नयाँ कार्यसमितिलाई शुभकामना दिदैं शिक्षा क्षेत्रको आमुल परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष रोकायाले नयाँ पदाधिकारीले आफ्नो कर्तव्य निर्वाह गरी विद्यालयको भौतिक, आर्थिक र गुणस्तरीय शिक्षालाई बलियो बनाउँन राम्रो भूमिका खेल्ने विश्वस व्यक्त गरेका थिए । 

निर्वतमान विव्यस अध्यक्ष जोगबहादु रोकायको अध्यक्षतामा सञ्चालन भएको पुनः गठन कार्यक्रमको प्रमुख अतिथिमा वडाध्यक्ष देवबहादु रोकाया रहनुभएको थियो । भने विशिष्ट अतिथिमा कार्यपालिका सदस्य जावाँ सार्की रहनुभएको थियो । विद्यालयकै प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा शिक्षक, अभिभावक सहीत विद्यालय सेवा क्षेत्रभित्रका सबै उपस्थित रहेको थियो ।

प्रतिक्रिया