गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१८
Dho

अम्लीस माविको विव्यस अध्यक्षमा पुनः रोकाया चयन, उत्कृष्ट काम गरेको अभिभावकको भनाइ

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २५, २०८१
अम्लीस माविको विव्यस अध्यक्षमा पुनः रोकाया चयन, उत्कृष्ट काम गरेको अभिभावकको भनाइ

बाजुरा : गौमुल गाउँपालिका‐१ मा रहेको अम्ली माविकोे विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकालय सकिएपछि आज पुनः नेतृत्व चयन गरिएको हो ।

अम्लीस माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः देवेन्द्र बहादुर रोकाया सर्वसम्मत चयन भएका छन् । वडा नं.१ का वडाध्यक्ष समेत रहेका रोकाया विव्यस अध्यक्षमा यस पटकसहित चौथो पटक दोहोरिनु भएको हो । 

उत्कृष्ट काम गरेको अभिभावक, शिक्षक सहीतको मुल्याङ्कनका आधारमा अध्यक्षमा रोकाया सर्वसम्मत चयन भएका हुन् । रोकायाको नेतृत्वमा ७ सदस्ययी समिति गठन गरिएको बताईएको छ ।

पुनः दोहोरिएको अध्यक्ष रोकायाले विद्यालयको शैक्षिक, भौतिक र गुणस्तरीक्षालाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित गरिएको अभिभावकको भनाई रहेको छ । 

विव्यस अध्यक्ष पदमा रहेर शिक्षा क्षेत्रका नयाँ गतिविधिी सहीत नयाँ कार्य सञ्चालन गरेको बताउँदै शिक्षा क्षेत्र सुधार गर्न अझै विव्यस अध्यक्षमा रोकायाकै आवश्यकता भएको ठहर गदै अध्यक्षमा पुनः दोहोर्याईएको अभिभावले बताएका छन् ।

त्यस्तै शिअसंघ अध्यक्षमा हिक्मत रोकाया चयन हुनुभएको छ । उहाँको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । विद्यालय खोजा व्यवस्थापन समितिको संयोजकमा विनोद रोकाया संयोजक रहने गरी ७ सदस्यीय समिति गठन गरिएको छ ।

त्यसैगरी सल्लाहकार समिति संयोजकमा रामबहादुर रोकाया चयन हनुभएको छ । उनको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । विव्यस अध्यक्ष देबेन्द्र बहादुर रोकायको अध्यक्षतामा सञ्चालन भएको पुनः गठन कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, अभिभावक, बुद्धिजीवि, समाजसेवि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया