गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४२
Dho

अछाममा चट्याङ लागेर बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका ३ जना घाइते

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, बैशाख २५, २०८१
अछाममा चट्याङ लागेर बालकको मृत्यु, डडेल्धुरामा एकै परिवारका ३ जना घाइते

अछाम : चट्याङ लागेर रामारोशन गाउँपालिकामा एक जना बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए । यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया