गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१६
Dho

बाजुरा कारागारमा रहेका कैदीबन्दीबाट अवैध मोबाइल बरामद

बाजुरा
गाैमुल खबर डटकम
शुक्रबार, फागुन ०६, २०७८
बाजुरा कारागारमा रहेका कैदीबन्दीबाट अवैध मोबाइल बरामद

बाजुरा : बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीबाट प्रहरीले अवैध मोबाइल बरामद गरेको छ । कैदी थुनूवाहरुले लुकाई छिपाई मोबाइल चलाई रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अवैध मोबाइल बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नारायण सिंहको कमाण्डमा गएको ९ जनाको प्रहरी टोलीले कारागार भित्र चेकजाँच गर्दा शौचालयमा लुकाई छिपाई राखेका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

केदीबन्दीले कारागारको शौचालयमा लुकार्ई छिपाई राखेका अवस्थामा आइटिएल टच मोबाइल १ थान, आइटिएल किवार्ड मोबाइल २ थान, टिएमबीओ किवार्ड मोबाइल १ थान अवैध मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक नारायण सिंहले बताएका छन् ।

मोबाइल शौचालयमा लुकाएर राखेको बेवारिसे अवस्थामा फेला पारेको उनले बताएका छन् । बरामद गरिएका अवैध ४ थान मोबाइल प्रहरी कार्यालयमा ल्याएको र सो सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 


# बाजुरा

प्रतिक्रिया