गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३७
Dho

७७ जिल्लाकै विपन्न नागरिकको काठमाडौँमा निशुल्क उपचार गरिने

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १७, २०८१
७७ जिल्लाकै विपन्न नागरिकको काठमाडौँमा निशुल्क उपचार गरिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले मुलुकका कुनै पनि भूभागका भए पनि विपन्न नागरिकको निशुल्क उपचार गरिने बताउनुभएको छ । 

आफ्नो पालिकाबाट सिफारिस लिएर आउन उहाँले अनुरोध गर्नुभएको हो । आज एक सन्देश सामाजिक सञ्जालमार्पत सार्वजनिक गर्दै मेयर बालेनले लेख्नुभएको छ, " नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् ।

त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईँको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।" उपचारमा कुनै समन्वय गर्नुपरेमा ११८० मा वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि उहाँले भन्नुभएको छ । 

प्रतिक्रिया