गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२९
Dho

इलाममा मतान्तर बढाँउदै एमाले, पहिचानवादी कांग्रेसलाई पछ्याउँदै

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १७, २०८१
इलाममा मतान्तर बढाँउदै एमाले, पहिचानवादी कांग्रेसलाई पछ्याउँदै

इलाम — प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

गणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई १ हजार २ सय ९२ मतले पछाडि पारेका छन ।

नेम्बाङले ७ हजार ६ सय ७७ मत ल्याउँदा खड्कालाई ५ हजार ३ सय ९५ मत प्राप्त भएको छ । यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई ४ हजार ५८ मत प्राप्त हुँदा राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङलाइ १ हजार १ सय ६२ मत आएको छ ।

प्रतिक्रिया