गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३१
Dho

बझाङमा २२ प्रतिशत मतदान

गाैमुल खबर गाैमुल खबर
शनिबार, बैशाख १५, २०८१
बझाङमा २२ प्रतिशत मतदान

बझाङः बझाङमा अहिलेसम्म २२ प्रतिशत मतदान भएको छ। बझाङको प्रदेश सभा १ (१) मा १ बजेसम्म २२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए। प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ का सम्पूर्ण मतदानस्थल र केन्द्रहरूमा शनिबार बिहान ७ बजेदेखि मतदान सुरू भएको थियो।

सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको उनले बताए। बझाङमा उपनिर्वाचन भएको प्रदेश सभा १ (१) मा ६१ हजार ७४८ मतदाता छन्। निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि मतदान भइरहेको हो। विभिन्न दलका ११ जना उम्मेदवार छन्।

एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेकबहादुर सिंह, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, नेमकिपाबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट शुशिलादेवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन्। ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया