गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३९
Dho

गौमुलमा एमाले जितको नजिक, काँग्रेसको झुट आश्वासनले विक्षिप्त भएका दुई परिवार एमालेमा प्रवेश

२ परिवार एमालेमा प्रवेश
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
गौमुलमा एमाले जितको नजिक, काँग्रेसको झुट आश्वासनले विक्षिप्त भएका दुई परिवार एमालेमा प्रवेश

पूर्व संविधान सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकायाले गौमुल गाउँपालिकामा (एमाले) जितको नजिक पुगेको बताईन् । युवा तथा महिला प्रशिक्षण भेला कार्यक्रमको सम्बोधन गदैं उहाँले यस्तो बताएकी छन् । 

पार्टीलाई संकटबाट बचाउन तथा विकास निमार्णमा युवा तथा महिलाहरुको महत्वपूर्ण भूमिका रहने भएका कारण गौमुल गाउँपालिमा समेत युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताईन् । 

स्थानीय निर्वाचन आउन अब ४० दिन मात्र बाँकी रहेका कारण गौमुल गाउँपालिकामा नेकपा (एमाले) जितको नजिक पुगेको बताएकी छन् । यसअघिको सरकार पनि एमालेकै रहेको कारण आगामी ५ वर्षमा समेत कम्युनिष्ट सरकार नै कायम रहने बताएकी छन् । 

नेपाली काँग्रेसले झुटा मुद्धा लिएर मात्र जनता माझ जाने भएका कारण कम्युनिष्टमा आस्थावान जनताहरुले काँग्रेसका एजेन्डा विहिन कुरा नसुन्न समेत आग्रह गरिन् । 

No description available.गौमुलमा काँग्रेसको अन्तिम छट्पटी मात्र भएका कारण गौमुल सरकारले ५ वर्षमा गरेका कामहरु लिएर गाउँ जान नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ । युवा तथा महिलाहरुले एकता भएर अघि बढ्नुपर्नेमा जोड दिदैं आगामीनिर्वाचनका लागि सबैले आ–आफ्नो तह र तप्काबाट एक भएर लाग्न अनुरोध गर्नुभएको छ । 

कार्यक्रममा बोल्दैं नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकायाले पार्टी निमार्ण तथा सञ्चालन गर्नका लागि सबैको महत्वपूर्ण भूमिका रहेका कारण सबैले क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । 

आधारभुत आवश्यकता पूरा गर्नका लागि र जीवन तथा समाज बदल्नका निम्ति आफुहरुसंग औजार साधन र स्रोत परिचालन गर्न उचित नियम कानुन सहित उचित प्रकारको नेतृत्व सरकारमा हुनुपर्ने बताएका छन् । 

शरिर जसरी चलिरहेको हुन्छ त्यसरी नै पार्टीहरु सञ्चालन हुनुपर्ने बताउँदैं पार्टी संरचनाहरु निमार्ण हात खुट्टा पाखुरा जस्तै हुनुपर्ने बताए । जनताहरुका आधारभूत मागहरु पूरा गर्नका लागि एउटै ठाउँमा संगठित हुदैं सिद्धान्त विचार बोकेको पार्टी नियमित रुपमा क्रियाशील भएमा परिवर्तनको सम्मुखमा पुग्ने बताएका छन् । 

No description available.नेपाली काँग्रेसले म्यादी प्रहरी भर्नामा आफुहरुको संलग्नता रहेको भन्ने आरोप लगाएको उल्लेख गदैं यसमा विश्वस्त नहुन आग्रह गदैं आरोप मिथ्या भएको विश्वास दिलाउनु भएको छ । 

व्यक्ति आफै कर्मशील भएर आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउने आफुहरुको लक्ष्य भएका कारण ५ वर्षमा त्यो सबै सपना पूरा गर्न नसकिएको हुन् सक्ने बताउनुभएको छ । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सीता थापा, गोरख बहादुर बोहरा, माया कुवँर, धनलक्ष्मी जोशी, पारु विक र कलक बहादुर सिंहले कार्यक्रमको सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले गौमुल गाउँपालिकामा एमालेको जित सुनिश्चित भएको बताएका छन् । नेपाली काँग्रेसले गौमुल गाउँपालिकामा पराजय हुने निश्चित भएका कारण हुदैं नभएको कुरा आरोप लगाउँदैं हिडेको बताएका छन् । 
युवा संघ गौमुल गाउँ कमिटीका संयोजक ज्ञान बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला कमिटी सचिव हिक्मत रोकायाले गर्नुभएको थियो । 

कार्यक्रममा गौमुल गाउँ कमिटी अध्यक्ष देव बहादुर रोकाया, उपाध्यक्ष गीता रोकाया, सचिव मोहन रोकाया, गाउँ कमिटी सदस्य प्रकाश रोकाया, प्रकाश सार्की, वडा अध्यक्ष मान बहादुर बोहरा, प्रेस चौतारी नेपाल जिल्ला सचिव रमित विक, खेलकुद महासंघ जिल्ला सचिव लक्ष्मण रोकाया, अनेरास्ववियु गौमुल गाउँ कमिटी अधयक्ष नरेन्द्र विक लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । 

गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा आयोजित कार्यक्रममा अखिल नेपाल महिला संघ तथा युवा संघमा आवद्द अगुवा कार्यकर्ता सहित एमालेमा आस्थावान नेता तथा कार्यकर्ता गरी ५ सय बढीको सहभागीता रहेको थियो । 

२ परिवार एमालेमा प्रवेश 

नेपाली काँग्रेसको झुट आश्वासनले विक्षिप्त भएका दुई परिवार नेकपा एमालेमा प्रवेश गरेका छन् । युवा तथा महिला भेला प्रशिक्षण कार्यक्रमका अवसरमा गौमुल गाउँपालिका–२ तल्दुगुनका दिनेश रोकायाका सिंगो परिवार तथा गौमुल गाउँपालिका–३ का सीता रोकाया सहित परिवार एमालेमा प्रवेश गरेका छन् । 

नवप्रवेशीहरुलाई संविधान सभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय लेखा आयोग सदस्य बसुन्धरा रोकाया र नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकायाले पार्टीमा समाहित गर्नुभएको छ ।

प्रतिक्रिया