गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:४६

कांग्रेसको शक्ति संघर्ष बाजुरामा छताछुल्ल : देउवा समूहले १८ वडामा छान्यो नेतृत्व

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति संघर्ष बाजुरामा छताछुल्ल : देउवा समूहले १८ वडामा छान्यो नेतृत्व

बाजुरा ः नेपाली कांग्रेसको संस्थापन (गगन थापा) पक्ष र इतर (शेरबहादुर देउवा) समूहबीचको विवादका बीच बाजुरामा देउवा समूहले वडा अधिवेशन सुरु गरेको छ । आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरेको देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको हो ।

विशेष महाधिवेशनपछि पार्टी सभापतिमा गगन थापाले नेतृत्व लिएपछि असन्तुष्ट बनेको देउवा पक्षले १५ औं महाधिवेशनका लागि समानान्तर रूपमा अधिवेशन सुरु गरेको हो । यसअघि विशेष महाधिवेशनको मान्यता अनुसार जिल्लाका वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन भई काठमाडौं गइसकेका छन् । तर, देउवा समूहले त्यसलाई चुनौती दिँदै असोज १६ गतेबाट बाजुरामा पुनः अधिवेशन चलाएको छ ।

जिल्लाका ६९ वडामध्ये हालसम्म १८ वडाको अधिवेशन सकिएको र नयाँ कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि छनोट भइसकेको नेविसंघ बाजुराका अध्यक्ष एवं इतर समूहका जिल्ला स‌याेजक धनराज  पण्डित जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये हालसम्म चार पालिकाका १८ वडामा नेतृत्व टुङ्गिएको बताएका छन् ।

कहाँ को बने वडा सभापति?

नेपाली कांग्रेस देउवा पक्षका जिल्ला संयोजक धनराज पण्डितका अनुसार हालसम्म चयन भएका वडा सभापतिहरूको विवरण यसप्रकार छ

खप्तड छेडेदह गाउँपालिका: वडा नम्बर २ मा मानबहादुर बुढा र ५ मा निर्मला रावत सभापति बनेका छन् । वडा नम्बर ६ मा दुई जना आकांक्षी रहेको र एक जना बिरामी भई उपचारमा रहेकाले नेतृत्व चयन हुन बाँकी रहेकाे छ ।

बुढीगंगा नगरपालिका: वडा नम्बर २ मा विस्ने जैसी, ३ मा जित बुढथापा, ५ मा तुलसा जोशी र ६ मा मदनराज भारती वडा सभापतिमा चयन भएका छन् ।

त्रिवेणी नगरपालिका: वडा नम्बर १ मा गोविन्द बुढा, २ मा काशीराम न्यौपाने, ३ मा कमल भण्डारी, ४ मा खडकबहादुर साउँद, ७ मा रविन्द्र रावत, ८ मा गणेशबहादुर थापा र ९ मा रतन खत्री सभापति बनेका छन् ।

बडीमालिका नगरपालिका: वडा नम्बर १ मा सुरेशबहादुर दानी, ६ मा विर्कबहादुर खड्का र ७ मा गोरख धामी वडा सभापतिमा निर्वाचित भएका छन् ।

कार्यकर्तामा अन्योल, अधिवेशनमा उत्साह कस्काे कति ।

नेपाली कांग्रेसमा संस्थापन (गगन थापा) र इतर (शेरबहादुर देउवा) पक्षबीच प्रष्ट दुई धार देखिएपछि ग्रामीण क्षेत्रका कार्यकर्ताहरू अलमलमा परेका छन् । वर्तमान सभापति थापा समूहमा लाग्ने कि देउवा समूहमा रहने भन्ने विषयले कार्यकर्तामा अन्योल सिर्जना गरेको छ ।

जसका कारण देउवा पक्षको वडा अधिवेशनमा कार्यकर्ताहरूको सहभागिता र उत्साह जनक देखिएकाे छ   । यसअघि संस्थापन पक्षले गरेका कार्यक्रमहरूमा पनि उपस्थिति कमजोर रहेको स्थानीय नेताहरू बताउँछन् ।

देउवा समूहले असोज १९ गतेभित्र जिल्लाका सबै ६९ वडाको अधिवेशन सकिसक्न परिपत्र गरेको छ । तालिका अनुसार असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेश क्षेत्रीय कार्यसमितिको अधिवेशन सञ्चालन गरिने सो समूहले जनाएको छ ।

प्रतिक्रिया