गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:४७

इच्छाशक्ति भए विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समय लाग्दैन : अमर विक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १८, २०८३
इच्छाशक्ति भए विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समय लाग्दैन : अमर विक

बाजुरा ः गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि अमर विकले शिक्षक, विद्यार्थी र अभिभावकमा शैक्षिक गुणस्तर सुधार गर्ने दृढ इच्छा र तृष्णा भए विद्यालयको शैक्षिक अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताएका छन्।

गौमुल गाउँपालिका-६ सालीकोटमा रहेकाे नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै विकले शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

उनले कीर्तिचौर माध्यमिक विद्यालयको उदाहरण दिँदै इच्छाशक्ति, निरन्तर प्रयास र सामूहिक पहलबाट विद्यालयको शैक्षिक अवस्थामा परिवर्तन ल्याउन सकिने बताए।

केही परिवर्तन गर्न आफूहरू सफल भएको उल्लेख गर्दै उनले त्यसबाट प्राप्त अनुभवलाई अब गाउँपालिकाभरिका विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

“शिक्षक, विद्यार्थी र अभिभावकमा गुणस्तर सुधार्ने तृष्णा र इच्छाशक्ति भयो भने परिवर्तन गर्न धेरै समय लाग्दैन,” विकले भने। उनले एउटा विद्यालयको सुधारलाई मात्र उपलब्धिका रुपमा नहेरी गौमुल गाउँपालिकाभरिका विद्यालयको शैक्षिक स्तर उकास्ने अभियानका रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया