गाैमुल खबर डटकम आइतबार १८, असोज २०८३ १०:४९

अनुभव मात्रै पर्याप्त छैन, अब नतिजा बदल्ने गरी काम गरौँ : गोरख बोहरा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असोज १८, २०८३
अनुभव मात्रै पर्याप्त छैन, अब नतिजा बदल्ने गरी काम गरौँ : गोरख बोहरा

बाजुरा ः गौमुल गाउँपालिका-३ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि गोरख बोहराले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकार सबैको साझा प्रयत्न आवश्यक रहेको बताएका छन्।

गौमुल गाउँपालिका-६ सालीकोटमा रहेकाे नवज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै बोहराले विद्यालय व्यवस्थापनको क्षेत्रमा आफूले लामो समयदेखि अनुभव हासिल गरे पनि अपेक्षा अनुसारको सुधार अझै हुन बाँकी रहेको बताए।

उनले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विगतका प्रयास र अनुभवलाई आत्मसमीक्षा गर्दै अब थप प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “विद्यालय व्यवस्थापनमा लामो अनुभव भए पनि सबै कुरा सुधार भइसकेका छैनन्, केही बाहेक अझै धेरै काम गर्न बाँकी छ,” उनले भने।

बोहराले विद्यालयमा भौतिक संरचना निर्माण हुँदैमा मात्रै शैक्षिक सुधार नहुने भन्दै विद्यार्थीले कक्षाकोठामा के सिकिरहेका छन्, उनीहरूको सिकाइ उपलब्धि कस्तो छ र विद्यालयको शैक्षिक नतिजा कति सुधारिएको छ भन्ने विषयलाई मुख्य आधार बनाउनुपर्ने बताए।

प्रतिक्रिया