गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३३
Dho

धनगढीको ग्रिन पिस कटेजबाट १० जना जुवाडे पक्राउ

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २७, २०८०
धनगढीको ग्रिन पिस कटेजबाट १० जना जुवाडे पक्राउ

धनगढीः कैलालीको धनगढीमा रहेको एक कटेजबाट १० जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–११ घोडसुवा स्थित सोही ठाँउ बस्ने ५८ वर्षीय रामशरण रानाले संचालन गरेको ग्रिन पिस कटेजबाट जुवातास खेलिरहेको अवस्थामा कटेज संचालकसहित १० जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त कटेजबाट उनिहरुलाई नगद ५८ हजार १९० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया