गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२०
Dho

गौमुलमा कृषक समूहद्धारा श्रमदान बैठक कक्ष निर्माण

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २७, २०८०
गौमुलमा कृषक समूहद्धारा श्रमदान बैठक कक्ष निर्माण

बाजुरा : गौमुल गाउँपालिकामा कृषक समूहले बैठक कक्ष निर्माण गरेको छ । वडा नं.४ वीरा टोलमा रहेको गठित कर्तव्य कृषक समूहले श्रमदान बैठक कक्ष निर्माण गरेको हो ।

गौमुल गाउँपालिका र सेभआएरल्याण्ड तथा सहकर्मी समाजको सहजीकरणमा बैठक बस्न सहजताका लागि स्थानीय स्तरकै सामाग्री प्रयोग गरी नणखोलामा बैठक कक्ष निर्माण गरिएको कर्तव्य कृषक समूहका अध्यक्ष धनसरा रावतले बताएकी छन् ।

बैठक बस्ने निश्चित भवन नहुँदाको समस्या हुने गरेको भन्दै समूहका पदाधिकारीको सक्रियतामा काठ र खरले भवन निर्माण गरिएको समुहका सचिव बविता रोकायाले बताएकी छन् । 

विशेष गरी बर्खेयाममा बैठक बस्न समस्या हुनेभएकाले उक्त समयलाई मध्येनजर गर्दै बैठक कक्ष निर्माण गरिएको स्थानीय लोकेन्द्र बुढाले जानकारी दिएका छन् । श्रमदान निर्माण गरिएको एक कोठे कक्ष खरले छाएको छ । अब गाउँमा बस्ने विभिन्न बैठकहरु बस्न सहज हुने भएको छ । 

पछिल्लो समय गाउँमा गठित कृषक समूहहरु सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन् । समाज रुपान्तरणदेखि विकास निर्माणको कार्यमा लगनका साथ लाग्ने गरेका छन् । समूह मार्फत सरसफाई बाटो मर्मत तथा निर्माण, खानेपानी मर्मत सम्भार सहीत विभन्न सामाजिक काम गर्ने गरेको देखिन्छ । 

प्रतिक्रिया