गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ ०८:१८

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा हावाहुरीको सम्भावना

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २४, २०८०
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा हावाहुरीको सम्भावना

धनगढीः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

प्रतिक्रिया