गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:५१
Dho

रानीवन सी डिभिजन लिगको पहिलो खेलमा बराबरीमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २४, २०८०
रानीवन सी डिभिजन लिगको पहिलो खेलमा बराबरीमा

बाजुरा : रानीवन स्पोर्टस् क्लव पहिलो खेलमा बराबरीमा रोकिएको छ । सी डिभिजन लिग चरणको पहिलो खेलमा रानीवन १–१ को बराबरीमा रोकिएको हो । चैत्र २२ गतेदेखि काठमाडौंमा सुरु भएको सी डिभिजन लिग चरणको खेलको दोस्रो दिन रानीवन र महावीर फुटबल क्लवबीच खेल भएको हो । 

दुबै टिमले १–१ गोल गरेर खेल बराबरी गरेका छन् । पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको महावीरका सामु रानीवनले सुरुवाती लिएको अग्रतालाई जितमा परिणत गर्नबाट भने चुकेको छ । 

रानीवनले २०७६ सालदेखि सी डिभिजन खेल्न सुरु गरेको हो । सी डिभिजनको मान्यताका लागि भाग लिएकै वर्ष रानीवनले सी डिभिजनको मान्यता पाएको थियो । यो खेल बि डिभिजनमा बडुवाका लागि खेल्न लागेको क्लवका व्यवस्थापक करन भण्डारीले जानकारी दिएका छन् । 

एन्फा फुटबल मैदान सातदोबाटोमा भएको खेलमा रानीवनले सुरुवाती अग्रता लिएको थियो । त्यसको लगत्तै महावीर फुटबल क्लवले गोल फर्काएर बराबरी गरेको थियो । असार पहिलो सातासम्म चल्ने खेलमा सी डिभिजन मान्यता पाएका १४ टिम बीच प्रस्तिस्पर्धा हुनेछ । 

सहभागी १४ टिम मध्ये अंक तालिकाको पहिलो र दोस्रो नम्बरमा रहेका २ टिम बि डिभिजनका लागि छनोटमा पर्नेछन् । भने अन्तिममा रहेका २ टिम घटुवामा परेर सी को मान्यताबाट बाहिर रहने छन् । बाँकी १० टिम भने सी कै मान्यता सहित अर्को वर्षको लिग खेल्न पाउनेछन् ।

कुवेर सिंहको कप्तानीमा प्रस्थान गरेको टिममा २२ जना सहभागी रहेका छन् । रानीवन सुदूरपश्चिमकै पहिलो लिग चरणको खेल खेल्ने क्लव हो । बाजुराको सदरमुकाम मार्तडीमा स्थापना भएको रानीवनले जिल्लामा सुरुवात देखि फुटबल खेलको विकासमा सक्रिय छ ।

प्रतिक्रिया