गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२२
Dho

गौमुलका सबै वडा पूर्ण खोपयुक्त घोषणा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २३, २०८०
गौमुलका सबै वडा पूर्ण खोपयुक्त घोषणा

बाजुरा : गौमुल गाउँपालिकाका सबै वडा पूर्ण खोपयुक्त घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समूहका सबै बालबालिकाले पाउनुपर्ने खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

वडाभित्रका १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएसंगै क्रमःस वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएकोे गौमुल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरीशचन्द्र विकले बताएका छन् ।

गाउँपालिकाका ६ वटै वडा पूर्ण खोपयुक्त घोषणा गरिएको उनले बताए । १२ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई राष्टिय खोप तालिका अनुसार बिसिजी, डिपिटी, पोलियो, पिसिभी, दादुरा–रुबेला र जेई खोपको मात्रा पूरा गरेको आधारमा वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको उनको भनाइ छ ।

शुक्रबार वडा नं.३ लाई पनि पूर्ण खोपयुक्त घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष गोरख बहादुर बोहराले पूर्ण खोपयुक्त वडा घोषणा गरेको हो । 

खोपको सुनिश्चितता र दिगोपन भन्ने मूल नाराका साथ सम्पूर्ण खोपको मापदण्ड पूरा गरेपछि वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको वडाध्यक्ष बोहराले बताएका छन् । बोहराकै अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य कौशल विक रहनुभएको थियो ।

त्यस्तै अतिथिमा वडा सदस्य नर्मा विक, विमला धामी, धान बहादुर धामी, लाल विक लगायत रहनुभएको थियो । वडा कार्यालयमा सञ्चालन गरिएको पूर्ण खोपयुक्त वडा घोषणा कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंमसेविका, खोप समितिका पदाधिकार लगायत स्थानीयको सहभागिता रहेको थियो ।               
 

प्रतिक्रिया