गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१५
Dho

वैवाहिक करणीमा गायक रविलाइ पक्राउ गर्न काठमाण्डौं प्रहरीलाइ पत्राचार

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २३, २०८०
वैवाहिक करणीमा गायक रविलाइ पक्राउ गर्न काठमाण्डौं प्रहरीलाइ पत्राचार

धनगढीः गायक रवि ओड विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाइ पक्राउ पुर्जी दिएको हो। नेपाल आइडल सिजन–२ का विजेता समेत रहेका ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालत कञ्चनपुरले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि प्रहरीले प्रकृया अघि बढाएको थियो। ओडकी श्रीमतीले चैत २० गते इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरले बुधबार प्रहरीलाई पक्राउको अनुमति दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए।

उनी काठमाडौंमा रहेको सूचना पाएलगत्तै कञ्चनपुर प्रहरीले काठमाडौं प्रहरीलाई समेत पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको छ। नेपाल आइडल सिजन–२ का लागि कैलालीको धनगढी अडिसनमा कमल खत्रीको जाऊँला रेलैमा‘ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। 

रवि ठाडी भाका, देउडा, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धीका रूपमा नेपाल आइडलमा छाएका थिए। नेपाल आइडलमा उत्कृष्ट प्रदर्शनी गरे सँगै नेपाली साङ्गीतिक समर्थकहरू माझ उनको प्रसिद्धि बढ्दै गएका बेला उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैवाहिक करणी सम्वन्धिको उजुरी इलाका प्रहरी कार्यालय झलारीमा परेको हो। यस्तो निवेदन परेपछि पक्राउ पुर्जी जारी भइसकेको छ। साथै यो विषय अनुसन्धानकै क्रममा रहेकाले धेरै विषय अहिले नै बाहिर ल्याउन नमिल्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

प्रतिक्रिया