गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

विश्वासको मत पाउने आशामा मुख्यमन्त्रीले काटे तीन सांसदका लागि प्लेन टिकट

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २२, २०८०
विश्वासको मत पाउने आशामा मुख्यमन्त्रीले काटे तीन सांसदका लागि प्लेन टिकट

कैलाली : बिहीबार विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले काठमाडौंबाट धनगढी आउनका लागि तीन सांसदको टिकट काटेका छन्।

विश्वासको मत लिने समय नजिकिँदै गएको समयमा नागरिक उन्मुक्ति पार्टीका २ सांसद र स्वतन्त्र सांसद तारा जोशी काठमाडौंमै छन्। मुख्यमन्त्री शाहले राजीनामा दिने तयारी पनि गरिरहेका छन्। यद्यपि, विश्वासको मत पाउने आधार तयार भएमा लिने सम्भावना पनि कायमै छ।

'तीन सांसदको काठमाडौंदेखि धनगढीसम्मको प्लेन टिकट काटिएको छ', मुख्यमन्त्रीको सचिवालयले भन्यो। तर काठमाडौंमै रहेका एक सांसद तारा जोशीले भने नेपाल लाइभसँग कुरा गर्दै आफू धनगढी नजाने बताएका छन्। उनले सरकारमै रहेका नागरिक उन्मुक्ति पार्टीका दुई सांसद काठमाडौंमै रहेका कारण आफू मात्रै धनगढी आएर कुनै अर्थ नभएको बताए।

सांसद जोशीले भने, ‘नागरिक उन्मुक्तिका दुई जना सहभागी भए म पनि सहभागी हुन्छु। तर उहाँहरु दुई जना नै नजाने कुरा गरिरहनुभएको छ। एक मत कम भए म सहभागी हुन्छु। उहाँहरू सहभागी नभए म गएर के गर्नु। म सम्पर्कमै छु।’

प्रतिक्रिया