गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५५
Dho

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिता श्रेष्ठको निर्देशन

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २१, २०८०
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिता श्रेष्ठको निर्देशन

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन् ।

पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार नै विश्वासको मत लिँदैछन् । हाल नागरिक उन्मुक्ति पार्टीका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् ।

अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।

पत्रमा भनेकी छन्- उपरोक्त सम्बन्धमा नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले मुख्यमन्त्री कमलबहादुर शाहले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको ब्यहोरा अनुरोध गर्दछु । 

प्रतिक्रिया