गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१४
Dho

छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई सम्मान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शिक्षकलाई सम्मान

बाजुरा : बडीमालिका नगरपालिका–७ वडाले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पठनपाठन गराउने शिक्षकलाई सम्मान गरेको छ ।

आज एक कार्यक्रमका बीच आफु अध्यापन गर्ने सामुदायिक विद्यालयमा छोराछोरी पठनपाठन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन तथा सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास दिलाउन नगरपालिकाको आफु जहाँ, आफ्ना बालबालिका त्यहाँ नीति कार्यान्वयन गर्ने हौसला स्वरुप सम्मान गरिएको हो ।

सम्मानित हुने शिक्षकमा बल बहादुर रोकाया नि.मा.वि. शिक्षक सरस्वती आधारभूत विद्यालय ढम्कने, लालकेश रोकाया कम्प्युटर शिक्षक सरस्वती आधारभूत विद्यालय ढम्कने, टेक बहादुर रोकाया विद्यालय कर्मचारी सरस्वती आधारभूत विद्यालय ढम्कनेका रहेका छन ।

यस्तै विजयराम पाध्याय प्रधानाध्यापक प्रा.वि.शिक्षक ज्ञानोदय माद्यामिक विद्यालय रजातोली, दुर्गा कुमारी पाध्या (पाण्डे) ईसीडी शिक्षिका ज्ञानोदय माद्यामिक विद्यालय रजातोली, देवराज पाध्याय लेखापाल ज्ञानोदय माद्यामिक विद्यालय रजातोली रहेका छन् ।

यसैबीच रण बहादुर वि.क. लेखापाल लक्ष्मी माद्यामिक विद्यालय जिल्ली, शिक्षक प्रेमलाल पाध्याय लक्ष्मी माद्यामिक विद्यालय जिल्ली रहेका छन । शिक्षक तथा विद्यालय कर्मचारीलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो । 

प्रतिक्रिया