गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३७
Dho

आयरल्याण्ड ए माथि नेपाल एको रोमाञ्चक जित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १९, २०८०
आयरल्याण्ड ए माथि नेपाल एको रोमाञ्चक जित

काठमाडौं : नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो ।

आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए । एक समय ७.१ ओभरमा ५२/४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए ।

आयरल्याण्ड ए का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए । अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए । नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १/१ विकेट लिए ।

प्रतिक्रिया