गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०२
Dho

हावाहुरीले विद्यालयको छाना उडाउँदा पुस्तकालय र विज्ञान प्रयोशालामा क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १७, २०८०
हावाहुरीले विद्यालयको छाना उडाउँदा पुस्तकालय र विज्ञान प्रयोशालामा क्षति

बाजुरा: बडीमालिका नगरपालिका-५ मनामा एक विद्यालयको छाना हावाहुरीले उडाएको छ । शनिबार दिउँसो एक्कासी लागेको हावाहुरीका कारण सोही वडामा रहेको कैलाशेश्वरी माध्यामिक विद्यालयको छाना उडाएको वडा अध्यक्ष धरमपाल मिजारले बताएका छन् ।

हावाहुरीका कारण विद्यालयमा रहेको विज्ञापन प्रयोगशाला र पुस्तकालय सहित सबै ध्वस्त पारेको वडा अध्यक्ष मिजारले गौमुल खबरलाई बताएका छन् । विद्यालयमा रहेको विज्ञापन प्रयोगशाला तथा पुस्तकालय गरेर अनुमानित १५ लाख बढीको क्षति भएको बुझिएको छ ।

हावाहुरीका कारण सोही वडामा रहेको दलित सामुदायिक भवनको जस्तापाता समेत उडाएको बताईएको छ । साथै भौतिक संरचनामा पनि क्षति भएको छ । सोही वडाका गाउँमा पनि एक्कासी आएको हावाहुरीका कारण विभिन्न घरमा क्षति पुर्याएको खबर प्राप्त भएका छन् ।

हावाहुरीका कारण क्षति भएका सामाग्रीहरु स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारेर राखिएका छन् । एकाएक आएको हावाहुरी र वर्षाले जिल्लाको जनजीवन केही बेर प्रभावित भएको थियो । 
 

प्रतिक्रिया