गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१४
Dho

मुस्ताङको घरपझोङ गाउँपालिकाकाे मार्फा खोलामा बेमौसमे बाढी

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १६, २०८०
मुस्ताङको घरपझोङ गाउँपालिकाकाे मार्फा खोलामा बेमौसमे बाढी

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा खोलामा बिहीबार दिउँसो बेमौसमे बाढी आएको छ। बर्सेनि साउन भदौमा मात्र आउने बाढी यसवर्ष चैतमै आएको हो।

बेनी-जोमसोम सडकमार्गसँग जोडिएको मार्फा स्थित राज खोलामा लेदोसहितको बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। मार्फास्थित राज खोलामा बाढी आएपछि बेनी-जोमसोम सडक ३ घण्टा अवरुद्ध बनेको थियो। 

लेदो पदार्थ र गेग्रान सहितको बाढी आएपछि  मुस्ताङ आउजाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सो स्थानको सडकमै रोकिएका थिए। बाढी आएको सूचना पाएपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित ३ वटै सुरक्षा निकायको टोली सडकमार्ग सहज बनाउन मार्फा पुगेका थिए। 

प्रमुख जिल्ला अधिकारी पन्तले प्रशासन,प्रहरी र स्थानीयको सहयोगमा डोजर परिचालन गरेर ३ घण्टापछि सडकमार्ग खुलाइएको जानकारी दिए। उनले बाढी आएपनि खोलाले धार परिवर्तन नगरेकाले सडक सुरु गर्न सजिलो भएको जनाए।

मुस्ताङको मार्फास्थित राज खोलामा ५ दिनअघि पनि यसरी लेदो र गेग्रान सहितको बाढी आएको थियो। त्यस समय खोलाको बहाव उच्च हुँदा बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुन पुगेको थियो।

प्रतिक्रिया