गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०१:५३

बाजुराकी ‘चेली’ अमिसा पाइलट बन्दै, पहिलो परीक्षण उडान सफल

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत १५, २०८०
बाजुराकी ‘चेली’ अमिसा पाइलट बन्दै, पहिलो परीक्षण उडान सफल

बाजुरा : सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्लास्थित बुढीनन्दा नगरपालिका–७ पाण्डुसैनकी अमिसा कार्की कलिलै उमेरमा पाइलट बन्ने भएकी छन् । सर्घष गरेर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा पाइलट पढ्दै र परीक्षण उडान भर्दै गरेकी छन् । 

उनले अफ्रिकामा पाइलटको ट्रेनिङसहित पहिलो परीक्षण उडान सफल भएको बताएकी छन् । गत मङ्सिर नेपाल छोडेकी अमिसाले साउथ अफ्रिकामा पाइलट कोर्ष अध्ययन गरेकी हुन् ।

उनका बुवा मीन बहादुर कार्कीले छोरीको सपना सफल हुन लागेकोमा आफू निकै हर्षित भएको बताएका छन् । उनले भने छोरीको पाईलट कोर्ष पुरा गर्न १८ महिना लाग्ने भएको छ । अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ । 

अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंमा १२ पास गरेर साउथ अफ्रिका उडेकी थिइन् । बाल्यकालदेखि नै उनको सपना पाइलट बन्ने थियो । भने बुवाको सपना छोरीलाई डाक्टर बनाउने सपना थियो । तर छोरीको इच्छा, चहाना र सपनालाई साकार पार्न सकिनसकी पाइलट पढाएको र अझै सफल हुन बाकी रहेको मीनले बताएका छन् । 

साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परीक्षापछि पाईलट बन्ने र नेपालमा उडान गर्ने उनले बताए ।

छोरीले गरेको मेहनत, संघर्षले आफू खुशी र आनन्दीत भएको बताए । अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । हाल सदरमुकाम मार्तडीस्थित सञ्चिलित क्रेयटर जोन एकेडेमी बोडिङ्ग स्कुलका प्रिन्सिपल हुन् । 

समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिन बहादुर कार्कीले बताएका छन् । उहाँ भन्छन् छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनु पर्छ, ।

अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् ।

सुदूरपश्चिमकै पहिला महिला पाइलट बनेको भन्दै सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । अमिसाले बाजुराको मात्रै होइन् सुदूरपश्चिमकै शिर उचो बनाएको कतिपयले बताएका छन् । 

प्रतिक्रिया