गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१९
Dho

बाजुरामा यस वर्ष २ हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

पहिलो पटक संस्कृत धारका विद्यार्थी परीक्षा दिदैँ
बाजुरा
रमित वि.क.
बुधबार, चैत १४, २०८०
बाजुरामा यस वर्ष २ हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

बाजुरा: यस वर्ष एसईईमा बाजुराबाट २ हजार ९ सय ३४ विद्यार्थी सहभागी बन्ने भएका छन् । माध्यमिक शिक्षा परीक्षा एसईईका लागि देशभरका विद्यार्थी तयारीमा जुटेका छन् ।

यस वर्ष एसईई सहभागी हुने ५ लाख ४ हजार विद्यार्थी आ–आफ्नै हिसावले तयारी गरिरहेका छन् । बाजुरामा साधारण धार, संस्कृत धार र प्राविधिक तथा व्यवसायीक धार गरी तीन धारका मावि रहेका छन् ।

जिल्लामा तीनै धारका विद्यार्थी सहभागी बन्ने भएका छन । भने पहिलो पटक संस्कृत धारका विद्यार्थीहरु यस वर्षको एसईईमा सहभागी बन्ने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्राविधिक सहायक गोपाल दत्त पाण्डेयले बताएका छन् ।

छात्रा नियमित १ हजार ४ सय ८७ र छात्र १ हजार ३ सय ४७ गरी २ हजार ८ सय ३४ रहेका छन् । ग्रेड वृद्धिमा छात्रा ५२ जना र छात्र ४८ जना रहेका छन् ।

विद्यालय तहको १० वर्षे मेहनतलाई राम्रो बनाउन शिक्षक र अभिभावकले विद्यार्थीलाई सुझाव दिएका छन् । एसईई परीक्षाका लागि अहिले विद्यार्थीहरु तयारीमा जुटेका छन् ।

कोही समय तालिका बनाएर शिक्षकले सिकाएका आधारमा नोट पढ्दैछन् त कोही पुराना प्रश्नपत्रमा अभ्यास गरिरहेका छन् ।

यसवर्षदेखि कक्षा १० को नयाँ पाठ्यक्रम अनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षताका प्रश्न आउने भएकाले विद्यार्थीले सोही अनुसार तयारी गर्नुपर्ने हुन्छ ।

यो बेला विद्यार्थीले दैनिक लामो समय अध्ययन गर्ने भएकाले खानपिन र स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ । शिक्षकले पढाएका विषय र विगत वर्षका नमूना प्रश्न हेरेर पनि अभ्यास गर्नुपर्ने सुझाव शिक्षकहरुको छ ।

विद्यार्थीले आफूले नबुझेका कुरा साथी तथा अभिभावकसँग सल्लाह लिनुपर्ने अभिभावक प्रेम विकले बताएका छन् ।

परीक्षामा राम्रो अंक ल्याउनका लागि विद्यार्थीले मेहनत गर्नु त स्वभाविक नै हो । तर परीक्षाका कारण विद्यार्थीमा मनोवैज्ञानिक दबाब नपरोस् भन्नेबारे पनि अभिभावकले ध्यान पु¥याउनु पर्ने विज्ञहरुको सुझाव छ ।
    


 

प्रतिक्रिया