गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५६
Dho

बाजुराको विकासका लागि गम्भीर भएर लाग्छौ : मन्त्री जोशी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत १४, २०८०
बाजुराको विकासका लागि गम्भीर भएर लाग्छौ : मन्त्री जोशी

बाजुरा: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बाजुराको समग्र विकासका लागि गम्भीर रुपमा लाग्ने बताएका छन् । आज जिल्ला समन्वय समिति बाजुराले आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । 

मन्त्री जोशीले बाजुराको एकीकृत विकासका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्न जतिबेला पनि तयार रहने बताएका छन् । 

जिल्ला समन्वय समितिले सिङ्गो बाजुरा जिल्लाको विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधी एकै ठाउँ राखेर गरेको अन्तरक्रिया प्रभावकारी हुने विश्वास दिलाएका थिए । 

अन्तरक्रिया कार्यक्रममा बोल्ने सम्पूर्ण वक्ताहरुले बाजुराको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, खाद्यान्न अभावसहित बाजुराली जनताले भोग्नु परेका समस्याका बारेमा कुरा उठाएका थिए । 

उठेका प्रश्नको जवाफ दिदै मन्त्री जोशीले आफू प्रत्यक्ष अध्ययन अनुगमनका लगि बाजुरा पुगेकोले यहाँका समस्याहरु नजिकबाट अध्ययन गर्ने मौका पाएको बताउँदै समग्र विकासका लागि सबैसंग समन्वय, सहकार्य र गम्भीर रुपमा छलफल गर्ने बताए ।

उनले भने भूकम्प प्रभावित क्षेत्रका लागि अध्ययन अनुगमन र छलफल गर्ने भनेर बाजुरा आएका थियौ, अहिले पनि धेरै जस्ता विद्यालय भूकम्पबाट प्रभावित छन् । भने २०८० मा आएको भूकम्पबाट प्रभावित परिवारले थोरै भएपनि राहत पाउन सुरु गरेको भएपनि २०८९ सालको भूकम्प प्रभावित झण्डै ११ सय ६६ परिवारले अहिलेसम्म राहत नपाउँदा प्रश्न चिन्ह खडा भएको छ ।

मन्त्री जोशीले प्रशन चिन्ह उठ्नु स्वभाविक भएको बताउँदै भूकम्प पीडित र मनसुनजन्य विपद्का कारण प्रभावित परिवारलाई राहत व्यवस्थापनदेखि निर्माण कार्यलाई पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । 

जिल्ला अस्पताल बाजुरा, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगायत जिल्लामा रहेको सम्पूर्ण अस्पताल र स्वास्थ्य केन्द्रहरुको स्तरन्नति, व्यवस्थापन र आवश्यक चिकित्सका लागि प्रदेश सरकारसंग छलफल अन्तरक्रिया र स्वभाविक रुपमा बहस गर्ने बताएका छन् ।

जडाङ्गामा रहेको बेलीविज्र पुल कोल्टीको दानसाँघुमा सार्नका जिल्ला स्तरमा सहमति भईसकेको भएपनि बजेट अभावले रोकिएकोले पुल सार्नका लागि आवश्यक पहल गर्ने बताए । उनले सक्ता पक्ष, प्रतिपक्ष नभनेर समग्र विकासका लागि एकिकृत हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया