गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४२
Dho

खेल क्षेत्रको विकासका लागि लागिरहेको : अध्यक्ष रोकाया

बाजुरा
राेहित वि.क.
मङ्गलबार, चैत १३, २०८०
खेल क्षेत्रको विकासका लागि लागिरहेको : अध्यक्ष रोकाया

बाजुरा: गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले खेल क्षेत्रको विकासका लागि आफु लागिरहेको बताउनुभएको छ । आज बाजुरा क्याम्पसले आयोजना गरेको खेल सप्ताह समापन गरेको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

खेल क्षेत्रलाई जिल्लामा फरक तरिकाले स्थापित गर्ने आफ्नो संकल्प रहेको बताउँदैं समग्र खेल क्षेत्रको विकासका लागि सबैले लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

स्थानीय सरकारबाट बाजुरा क्याम्पसको खेल क्षेत्रको विकास लागि जहिले पनि जतिखेर पनि आफु सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।

आफ्नो राजनीतिक यात्राको सुरुवात बाजुरा क्याम्पसबाट भएको स्मरण गर्दै राजनीतिक गर्ने विभिन्न संगठनले आफु जस्तै क्याम्पस स्तरबाटै स्थापित हुन अनुरोध गर्नुभएको छ ।

बाजुरा क्याम्पसको आफु पहिलो स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएको कारणले पनि क्याम्पस अध्यनरत विद्यार्थीहरुले हरेक हिसाबमा अब्बल बन्न सुझाव दिनुभएको छ ।

विद्यार्थीहरुले अनुशासनको दायर भित्र रहेर खेल खेल्नुपर्ने उल्लेख गर्दै क्याम्पसमा अध्ययन गरेरै ठुलो व्यक्तिको पहिचान दिन सबैलाई अपिल गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसमा गत चैत ४ गतेबाट सुरु भएको खेल सप्ताहमा व्यवस्थापन संकायले ८ स्वर्ण १० रजत र ५ कास्य सहित २३ अंक प्राप्त गरी प्रथम, शिक्षा संकायले ७ स्वर्ण ६ रजत ५ कास्य सहित १८ अङ्क ल्याएर दोस्रो र मानविकी संकायले ६ स्वर्ण ४ रजत र ५ कास्य सहित १५ अङ्क प्राप्त गरी तृतीय भएको छ ।

क्याम्पस प्रमुख रुप बहादुर रौलेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया रहनुभएको थियो ।

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित, प्राध्यापक संघका अध्यक्ष भीम विष्ट लगायत अन्य प्राध्यापक लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रशासन प्रमुख मदनराज जैशीले सञ्चालन गरेको कार्यक्रम बाजुरा क्याम्पस प्राङ्गणमा आयोजना गरिएको हो । 

May be an image of 9 people
    

प्रतिक्रिया