गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५९
Dho

कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट

गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत १२, २०८०
कोर्धमा आगलागी हुँदा तीन घर जलेर नष्ट

बाजुरा: बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । बडीमालिका नगरपालिका–६ कोर्ध स्थित अम्म बडुवाल, बलबहादुर बडुवाल र बादुरे बडुवालको सँगै जोडिएको ३ तले घरमा बिजुलीको लाईन सर्ट भएर आगालागी भएको हो ।

आईतबार साँझ आगलागी हुँदा घर र घर भित्र रहेका सरसामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभएको छ ।

उक्त आगलागीबाट मानवीय र चौपाया क्षती नभएको र आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । उक्त आगलागी प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ ।      

प्रतिक्रिया