गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२८
Dho

सद्भाव कायम राख्न नेपाल पत्रकार महासंघ बाजुराले मनायो होली

गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत ११, २०८०
सद्भाव कायम राख्न नेपाल पत्रकार महासंघ बाजुराले मनायो होली

बाजुरा : नेपाल पत्रकार महासंघ बाजुराले होली पर्व मनाएको छ । जिल्लामा उपलब्ध पत्रकारहरुले आज विहान महासंघको कार्यालयमा शुभकामना आदान प्रदान सहीत हर्षौल्लासका साथ होली मनाएको हो ।

आपसी सद्भाव कायम राख्न होली पर्व मनाएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताएका छन् । सद्भावनाको पर्व होली भएकाले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले उल्लाहसपूर्वक होली पर्व मनाएको उनले बताए । 

कामको व्यस्तताले आआफ्नो कर्ममा लागिरहेका पत्रकाहरुको स्नेह, एकता र हितपूर्ण सम्बन्ध कायमको सन्देश दिन शुभकामना सहीत रङ्ग खेलेर फागु पर्व अर्थात होली मनाएको पत्रकार महासंघका सचिव रमित विकले बताएका छन् ।

कार्यक्रममा होलीको शुभकामना दिने सम्पूर्ण वक्ताहरुले पछिल्लो समय होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएकोले सञ्चार माध्यमबाट मौलिकता जर्गेन गर्ने खालका सन्देश प्रवाह गनुपर्ने बताएका छन् । 

होलीको पौराणिक र सांस्कृतिक पक्षलाई उल्लेख गरी कलम मार्फत विकृतिरहित बनाउनुपर्ने जोड दिएका छन् ।    संस्कृतिका असल पक्षहरूलाई प्रवद्र्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने कर्तव्य पत्रकारहरुको पनि रहेकाले सन्देशमुलक सूचना र समाचार पस्किनुपर्ने बताएका थिए । 

असत्यमाथि सत्यको जित र हर्षका रूपमा मनाइने पर्वको नाममा समाज भईरहेका विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न महत्वपूर्ण भूमिका सञ्चारकर्मीले खेल्नुपर्ने शुभकामना दिने वक्ताहरुले बताएका थिए  ।

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पत्रकार दयाराम पण्डित, बसन्त विश्वकर्मा, मदन जैशी, निमेन्द्र शाही, प्रेम रौले, गगन अयडी, पदम सिंह, लक्ष्मीराज पाध्याय, मदन विक अतिथिमा रहेका थिए ।

नेपाल पत्रकार महासंघ बाजुराका सचिव रमित विकले सञ्चालन गरेको कार्यक्रममा जिल्लामा सञ्चालित सञ्चार माध्यममा कार्यरत्त सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया