गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२३
Dho

विद्युतीय राहदानी फाराम भर्न बजारमा शुल्क, प्रशासन कार्यालयमा निःशुल्क

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
विद्युतीय राहदानी फाराम भर्न बजारमा शुल्क, प्रशासन कार्यालयमा निःशुल्क

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुरामा निःशुल्क प्रवाह भईरहेको विद्युतीय राहदानी फाराम भर्न बजारमा मनोमानित रकम अशुल्ने गरेको पाईएको छ । बजारमा विद्युतीय राहदानी फाराम लागि समय बुझिङ्ग फाराम भरे वापतको रकम लिने गरेको पाईएको हो । 

प्रशासनमा निःशुल्क भरिने फाराम बजारमा भने फाराम भरे वापत चर्को रकम लिने गरेको गुनासो आउने गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले एक सूचना जारी गर्दै विद्युतीय राहदानी फारम कार्यालयमा आएर निःशुल्क भर्न अनुरोध गरेको छ । 

विद्युतीय राहदानीको लागि फाराम भर्न प्रशासन कार्यालयको कोठा नं. ९ र राष्ट्रिय परिचयपत्रको फाराम कोठा नं. २ बाट निःशुल्क रुपमा भरिने प्रबन्ध मिलाएको हुँदा उक्त सेवाहरु निःशुल्क लिन सबैलाई जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह पनि गरेकाे छ । 

प्रतिक्रिया