गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

गौमुलमा विपन्न ८४ जना विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०८, २०८०
गौमुलमा विपन्न ८४ जना विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामाग्री सहयोग

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । वडा नं।२ मा रहेको पदमपुर आधारभूत विद्यालयमा अध्ययनरत  दलित विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

गौमुल गाउँपालिका–२ को समन्वय बडीमालिका फाउण्डेशन नेपालको सहकार्य तथा नेपाल राईजिङ्गको सहयोगमा न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरिएको सामाजिक अभियान्ता एवं पत्रकार प्रकाश सिंहले बताएका छन् । 

बालबालिकालाई शिक्षाप्रति जागरक गराउने उद्देश्य सहीत पालिकाको विटक ठाउँमा रहेको पदमपुर विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिका ८४ जनालाई १÷१ झोला, १ दर्जन कापी, १÷१ सेट ज्यामीतिबक्स ४० जनालाई १÷१ दर्जन सीसाकलम र न्यानो लुगा सहयोग गरिएको उनले बताए । 

बुधबार विद्यालयमै पुगेर वडाध्यक्ष देवबहादुर रोकायाको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष रोकायाले सहयोगी संस्था धन्यवाद व्यक्त गर्दै विपन्न बालबालिकालाई उक्त सहयोगले ठुलो राहत पुगेको बताएका छन् ।

May be an image of 4 people and mountainशैक्षिक सामाग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सहज हुने वडाध्यक्ष रोकाया बताए । कापी कलम, झोला र लुगा कपडा लगायतका सामाग्र अभावले विद्यालय आउन नसक्ने विपन्न बालबालिकालाई सहज भएको पदपुर आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर धामीले बताएका छन् ।

उनले भने आर्थिक अवस्था कमजोरले गर्दा धेरै जसो विद्यार्थी शैक्षिक सामाग्री विना नै विद्यालय आउने गरेका थिए । यसले गर्दा पठपाठनमा पनि समस्या हुन्थ्यो, यो ठुलो सहयोगले अब पठनपाठनमा सजिलो हुने भएको छ ।        
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको सामाग्री हस्तान्त्ररण कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष देवबहादुर रोकाया रहनुभएको थियो । विशिष्ट अतिथिमा बडीमालिका फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिंह, नेपाल पत्रकार महासंघ उपाध्यक्ष पदम बहादुर सिंह रहेका थिए । 

बडीमालिका फाउन्डेसन र नेपाल राईजिङले यसअघि पनि बिभिन्न ठाउँमा भूकम्प प्रभावित सहीत अन्य विपन्न परिवारलाई खाद्यान्न, लुगा कपडा, शैक्षिक सामाग्री सहयोग र आर्थिक अभावले उपचारबाट बञ्चित भएका नागरिकलाई उपचार गर्दै आईरहेको छ । 

प्रतिक्रिया