गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०२
Dho

कीर्तिचौर माविले गर्यो एसईईमा सहभागी हुने विद्यार्थीलाई विदाई

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत ०७, २०८०
कीर्तिचौर माविले गर्यो एसईईमा सहभागी हुने विद्यार्थीलाई विदाई

बाजुरा : बाजुराको गौमुल गाउँपालिका‐४ स्थित कीर्तिचौर माध्यमिक विद्यालयले कक्षा‐१० मा अध्ययनरत विद्यार्थीहरुको विद्यालयबाट विदाई गरेकाे छ । 

विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागि हुने विद्यार्थीहरुलाई मंगलबार एक औपचारिक कार्यक्रमकाबीच फूलमाला सहीतले विदाई गरिएको विद्यालयका शिक्षक घमण्ड बहादुर सिंहले बताएका छन् । 

चैत्र १५ गतेबाट सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा कीर्तिचौर माविबाट नियमित तर्फ ७४ जना विद्यार्थी सहभागि हुने छन् । विदाई कार्यक्रममा प्रधानाध्यापक खडक बहादुर शाहले शुभकामना दिदैं सफलताका लागि मेहनत प्रमुख आधार भएकाले उत्कृष्ट नतिजा ल्याउने गरी अध्ययनशीलताका साथ अगाडी बढ्न आग्रह गरेका छन् । 

प्रधानाध्यापक शाहले एसईई परीक्षामा सहभागि सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका थिए । कक्षा‐९ मा अध्ययनर विद्यार्थीले मायाको चिनो, फूलमाला र अविरले विदाई गरेका थिए ।  

विदाई कार्यक्रममा शुभकामना दिनु हुँदै गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले उज्ज्वल भविष्य बनाउँने समय अहिले नै रहेकाले मेहनतका साथ अध्ययन गरी परीक्षामा सफल हुन आग्रह गरिन् । 

उपाध्यक्ष थापाले गाउँपालिकाको शिक्षा क्षेत्रको लगानी, अभिभावकको मेहनत अनुसारको उत्कृष्ट नतिजा सहीतको प्रतिफल अब एसईईमा सहभागि हुने सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुले ल्याउनुपर्ने बताएकी छन् ।     

विद्यालय विव्यस अध्यक्ष अमर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा नं.३ का वडा अध्यक्ष गोरख बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट, वडा सदस्य मंगल धामी, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायत विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो । 

प्रतिक्रिया