गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१४
Dho

बाहिरबाट आयात नहुने गरी तरकारी र दाल उत्पादन गनुपर्ने सरोकारवालाको जोड

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत ०६, २०८०
बाहिरबाट आयात नहुने गरी तरकारी र दाल उत्पादन गनुपर्ने सरोकारवालाको जोड

बाजुरा : कृषकले रैथाने बाली उत्पादनमा वृद्धि गनुपर्ने सरोकारवाल निकायले जोड दिएका छन् । गौमुल गाउँपालिका‐६ वडा कार्यालयस्थित विद्यालय दिवा खाजा सम्बन्धी छलफलमा कृषकले अब बाहिरबाट आयान नहुने गरी उत्पादन बढाउन जोड दिएका हुन् ।

वडा कार्यालयको आयोजना गिफ्ट नेपाल, मर्सीकोरको समन्वयमा सञ्चालन भएको  छलफल तथा समीक्षामा कृषकले स्थानीय उत्पादनमा ध्यान दिन जरुरी रहेको बताएका छन् । जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानध्यापक र कृषकहरुको उपस्थितिमा विद्यालय दिवा खाजामा बालबालिकालाई थप पौष्टीक आहार खुवाउँनका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

गिफ्ट नेपालले गाउँपालिका भरीका विद्यालयमा बालबालिकालाई दिवा खाजामा तरकारी खुवाउँदै आएको छ । विद्यार्थीलाई दिनको एक पटक दिउँसो खुवाईने खाजामा स्थानीय उत्पादन दाल पनि उपलब्ध गर्ने भएकाले व्यवस्थापनका लागि छलफल गरिएको गिफ्ट नेपालका पारश रोकायाले बताएका छन् ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि असारदेखि विद्यालय दिवा खाजामा दाल उपलब्ध गरिने भएको छ । दाल उपलब्ध गर्न गिफ्ट नेपालले आर्थिक सहयोग गर्ने भएको छ । बाहिरबाट आउने दाल स्वास्थ्यका लागि त्यति राम्रो नहुने भएकाले स्थानीय उत्पादनलाई नै प्रथमिकता दिईने भएको हो ।

यही उत्पादित दाल स्वास्थ्यका लागि पनि राम्रो हुने र कृषकको आर्थिक वृद्धिमा टेवा पुग्ने भएकाले बाजो जमिनलाई सदुपयोग गर्न स्थानीयलाई अनुरोध गरिएको छ । अहिले घरमा रहेको मौज्याद दाल बाहिर विक्रि नगर्न कृषकलाई आग्रह गरिएको छ । 

असारदेखि लागु हुने दिवा खाजाका लागि दाल खरिद गरिने भएकाले मौज्याद दाल अन्य ठाउँमा विक्रि वितरण नगर्न कृषकलाई गिफ्ट नेपाल बाजुराका सामाजिक परिचालक पारश रोकायाले अग्रह गरेका छन् । बजार खोज्दै हिड्नुपर्ने अवस्था अहिले नरहेकोले उत्पादन मात्रै बढी गनुपर्ने उनले बताए ।

समीक्षामा वडाध्यक्ष प्रकाश बहादुर रोकायाले कृषकलाई कृषि सम्बन्धी धेरै तालिम दिएको भएपनि उपलब्धी शुन्य जस्तै देखिएको बताएका छन् । आफूलाई खानका लागि पनि उत्पादन नगर्ने कतिपय उदाहरण रहेकाले आम्दानीको स्रोत बढाउने गरी कृषि क्रममा लाग्नुपर्ने बताएका छन् । गिफ्ट नेपालका लागु कार्यक्रमहरु कृषकका लागि धेरै फाईदाजनक रहेकाले आयआर्जन हुने गरी उत्पादन बढाउँन आवश्यक रहेको बताए

वडाध्यक्ष रोकायाले आम्दानी गरी आत्मनिर्भर बन्नका लागि एक जनाले मात्रै मेहनत गरेर नपुग्ने भएकाले सबैले सक्रिय र मेहनत गर्नुपर्ने बताएका छन् । अहिले तरकारी विद्यालयमा प्रशस्त मात्रै पुग्ने गरी कृषकले उत्पादन गरिरहेको प्रशंसा गर्दै आधुनिक प्रविधिसंगै विषदीरहित बेमौसमी तरकारी उत्पादन गर्न आग्रह गरेका छन् । 

छलफलमा गौमुल गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकायाले आफू र बालबालिकालाई पुगेर बाहिर निर्यात गर्ने गरी तरकारी र दाल उत्पादन गनुपर्ने बताएकी छन् । पछिल्लो समय कतिपय स्थानमा खेती लगाउँन छोडेर जमिन बजै राख्नेको संख्या धेरै रहेकाले जमिन बाजो नराख्न र बृषकले दलहन बाली उत्पादनमा ध्यान दिन जरुरी रहेको बताइन् । 

त्यस्तै छलफलमा गिफ्ट नेपालले दिवा खाजामा तरकारी उपलब्ध गरेपछि विद्यार्थी रुचि तरकारीमा बढ्दै गएको विद्यालयका प्रधनाध्यापकले बताएका छन् । दिवा खाजाले बालबालिको संख्यामा पनि बढेको प्रअले बताए ।

वडाध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य राजेन्द्रा विष्ट रोकाया, वडा सदस्य कलक चदाँरा, धना विक, गौमुल गाउँपालिका कृषि शाखा सहायक प्राविधिक कमला विक, शिक्षा शाखाका प्रतिनिधी निशान्त रोकाया, गिफ्ट नेपाल बाजुराका सामाजिक परिचालक पारश रोकाया, विव्यस अध्यक्ष, प्रअ र कृषको उपस्थित रहेको थियो । भने कार्यक्रमकाे सञ्चालन वडा सचिव कमला रेग्मीले गर्नुभएको थियो । 

प्रतिक्रिया