गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१६
Dho

गौमुलमा महिला शसक्तिकरण अभियान, वडाध्यक्ष रोकाया प्रत्येक गाउँमा

गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत ०५, २०८०
गौमुलमा महिला शसक्तिकरण अभियान, वडाध्यक्ष रोकाया प्रत्येक गाउँमा

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–१ मा महिला सशक्तिकरण अभियान थालिएको छ । महिलाको आर्थिक सशक्तिकरण गर्न सम्मान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्न प्रत्येक टोल टोलमा कार्यक्रम सहीत अभियान थालिएको हो ।

वडाका गाउँहरु अम्लीस, माडी, दुर्गाली र अन्द्राडीका प्रत्येक टोलस्तरमा पुगेर महिलाका जीवन स्तरमा सहयोग पुग्ने र अन्य जनतेतनामुलक कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष देवेन्द्र बहादुर रोकायाले बताएका छन् । 

गाउँपालिकामा लागू गैरसरकारी संस्थाहरु सेतो गराँस, आईएनएफ नेपाल, सहकर्मी समाज नेपाल, गिफ्ट नेपालसंग सहकार्य गरी बस्ती बस्तीमै पुगेर महिला सहीत विभिन्न सरोकारवाला निकायका प्रतिनिधीको उपस्थितिमा आमभेला आयोजना गरिन थालिएको उनले बताए । 

भेलामा महिलाहरुलाई सक्रिय र शसक्त बानउने खालका कुरामा केन्द्रीत रही परामर्श गरिएको छ । भने महिलालाई एकै ठाउँमा जम्मा गरी क्षमता विकास, सम्मान सहभागिता र समावेशीका कुराकानी गरिएका छन् । सदियौंदेखि महिला भएकै कारण समावेशीकरण हुन नसकेका पक्षहरुलाई एक साथ मिलाउने अभ्यास सहीत वडामा अभियान थालिएको गौमुल गाउँपालिका कार्यपालिका सदस्य मैना चदाँराले बताएकी छन् । 

दुर्गम क्षेत्रका महिलाहरुले अझै आफ्नो हक अधिकारका बारेमा जानकारी हुन नसकेको भन्दै महिला हक, हित र अधिकारको प्रत्याभूति दिलाउन यो अभियानले सहयोग पुग्ने विश्वस लिईएको छ । महिलाले सधै चुलो चौको मात्रै समित होइन् सबै काममा सक्रिय हुनुपर्छ भन्ने जग बसाल्न वडामा विभिन्न जागरणका कार्यक्रम सञ्चालन गरिदै आएको वडाध्यक्ष रोकायाले बताएका छन् ।

दुर्ग क्षेत्रका महिलाहरुको जीवनशैली परिवर्तन गर्न समूह गठन पनि गरिएका छन् । वडाको समन्वयमा संस्थाहरुले समूह निर्माण गरी बचत गर्ने र उक्त समूह मार्फत सामाजि काममा सक्रिय बनाउने खालका थुप्रै क्रियाकलापन गर्ने गरेका छन् ।

पछिल्लो समय भने सामाजिक कामदेखि सहभागितामा महिला सक्रिय देखिएका छन् । यसलाई निरन्तरता दिन र थप सक्रिय बनाउन थालिएको छ । महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बनाउन तालिम पनि प्रदान गरिएका छन् । यसले गर्दा धेरै महिलाहरु व्यवसायीक समेत बनिरहेकी छन् ।

गाउँमा दिगो सरसफाई, भत्किएको संरचना निर्माण तथा मर्मत सम्भार, दुर्गन्धीत क्षेत्रको सरससफाई, गोरेटा बाटा निर्माण, खानेपानीका मुहानकोे सरसफाइ लगायतका कार्य गर्दै आईरहेका छन् । यो कार्यले महिला सक्रियता बढ्दै गएको शन्देस गएको छ ।
महिला मञ्चले आयोजना गरेका विभिन्न कार्यक्रम सहभागि हुनुको साथै यतिबेला वडा नं.१ का वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया प्रत्येक गाउँमा पुगेर जनताका आधारभूत आवश्यकताको पहिचना गरिरहेका छन् ।

त्यस्तै महिला सक्षम बनाउन कुराकानीसंगै जनतासंग प्रत्येक्ष भेटेर उनीहहरुका गुनास, सुझाव, सल्लाह संकलन गरी गनुपर्ने कामको नजिकबाट पहिचना गर्न थालिएको वडाध्यक्ष रोकायाको भनाइ छ । विभिन्न समस्या र सुझाव संकलन गरिएका सुझावहरु ग्रहण गरी कामलाई तीब्रता दिने लक्ष्य आफ्नो रहेको उनले बताएका छन् ।

प्रतिक्रिया