गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०२
Dho

आजदेखि भारतसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

भारतको उत्तराखण्डमा विधानसभा निर्वाचन
करन धामी
शुक्रबार, माघ २८, २०७८
आजदेखि भारतसँग जोडिएका सिमानाका चार दिनका लागि बन्द

धनगढी । भारतसंग जोडिएका पश्चिमी सिमानाका चार दिनका लागि बन्द हुने भएका छन् । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए। उनका अनुसार माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन् ।

त्यसैगरी बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन् । निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो।


# भारत

प्रतिक्रिया