गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५५
Dho

बाजुराका हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ०३, २०८०
बाजुराका हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

बाजुरा : बाजुराका हातहतियार मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा २ हजार ८ सय जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा नगरपालिका–८ का सुरेन्द्र गिरीलाई शुक्रवार पक्राउ गरेको हो । 

गिरीलाई अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले अदालत समक्ष पेश गरिसकेको बताएको छ ।

प्रतिक्रिया