गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:२७
Dho

भूमि आयोग बाजुराद्धारा ५ सय बढी निस्सा वितरण

२ हजार बढीको लगत संकलन
बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०२, २०८०
भूमि आयोग बाजुराद्धारा ५ सय बढी निस्सा वितरण

बाजुरा: राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई अस्थायी निस्सा वितरण गरेको छ । आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् ।

हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको छ ।  जसमा बडीमालिका नगरपालिकामा  भूमिहिन दलित ३८ जना र अव्यवस्थित बसोबासी गरी ४११ जना, बुढीगंगा नगरपालिकामा भूमिहिन दलित ५३ जना, भूमिहिन सुकुम्बासी ६ जना अव्यवस्थित बसोबासी १४३ जना रहेका छन् ।

त्यस्तै त्रिवेणी नगरपालिकामा भूमिहिन सुकुम्बासी १४ जना र अव्यवस्थित बसोबासी १६१ जना, बुढीन्दा नगरपालिमा भूमिहिन दलित ६ जना, भूमिहिन सुकुम्बासी २ जना अव्यवस्थित बसोबासी ४७० जना रहेका छन् । यस्तै गौमुल गाउँपालिकामा भूमिहिन दलित १० जना र अव्यवस्थित बसोबासी १३३ जना, खप्तड छेडेदह गाउँपालिकामा भूमिहिन दलित १ जना, भूमिहिन सुकुम्बासी ९ जना र अव्यवस्थित बसोबासी ३३८ रहेको तथ्याङ्ग सार्वजनिक गरिएको छ ।

यसैबीच स्वामीकार्तिक खापर गाउँपालिकामा भूमिहिन दलित १३ जना, भूमिहिन सुकुम्बासी १ जना र अव्यवस्थित बसोबासी १९९ जना, जगन्नाथ गाउँपालिकामा भूमिहिन दलित १० जना, भूमिहिन सुकुम्बासी ३ जना र अव्यवस्थित बसोबासी ४२४ जना र हिमाली गाउँपालिमा भूमिहिन दलित ३ जना, भूमिहिन सुकुम्बासी १ जना र अव्यवस्थित बसोबासी ३०३ रहेका छन् ।

जिल्लाका ९ वटै स्थानीय तहमा गरेर जम्मा २ हजार ७ सय ५२ जनाको लगत संकलन गरिएकोमा भूमिहिन दलित जम्मा २२ जना, भूमिहिन सुकुम्बासी १ जना र अव्यवस्थित बसोबासी ५ सय ३९ जनालाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाले बताएका छन् ।

जसमा जिल्लाका सबै स्थानीय तह गरेर जम्मा ९ सय ३१ जनाको लगत प्रविष्ट गरिएको छ । स्थानीय तहले गम्भीर नुहदाँ कतिपय स्थानीय तहको लगत संकलन समेत छुटेको पाईएको छ ।

राष्ट्रिय भूमि आयोग बाजुराका अध्यक्ष जनक रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

No description available.

प्रतिक्रिया