गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१६
Dho

बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत ०२, २०८०
बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा: जिल्ला अस्पताल बाजुराबाट एक जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बडीमालिका नगरपालिका-९ गैरीबजार स्थायी घर भएका सञ्जय विककी २१ वर्षीया श्रीमति सम्झना सुनारलाई हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

सुत्केरी हुन् नसकेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाईएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

गर्भवती महिलाको पहिलादेखि नै मुटुमा समस्या भएको र जिल्ला अस्पतालमा अप्रेशन गरेर सुत्केरी गराउँदा समस्या हुने भएकाले रिफर गरिएको हो ।

गर्भवती महिलाको नेपाली सेनाको एन.ए.०६६ नम्बरको हेलिकप्टर मार्फत उद्दार गरिएको दुर्गा भञ्जन गुल्मका गुल्मपति धर्मेन्द्र सिंहले बताएका छन् ।

जिल्लामा सुत्केरी हुन् नसकेका अधिकांश गर्भवती महिलाहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमले सहज गरेको छ । यसअघि पनि सुत्केरी हुन् नसकेका गर्भवती महिलाको उद्दार गरिएको छ ।

प्रतिक्रिया