गाैमुल खबर डटकम आइतबार ०४, असोज २०८३ ०१:४४

बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत ०१, २०८०
बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

बाजुरा : बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका– ५ मनाका चन्दे साउँदकी ४५ वर्षीया श्रीमती दुरा साउँद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउँदले जानकारी दिएका छन् ।

बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते भएकी साउँदलाई घर पुर्याएर उपचारका लागि सदरमुकाम मार्तडी लिनै लाग्दा गाउँमै निधन भएको स्थानीय नेत्र थापाले बताएका छन् । 

भौगोलिक विकटता र भिरालो जमिनमा कामकाज गर्दै गर्दा बाजुराका नागरिकहरु वर्षेनी भिरबाट लडेर अकाल्मै ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया