गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२१
Dho

गौमुलमा विद्यालय दिवा खाजामा हरीयो सागपात, असारदेखि दाल उपलब्ध गरिने

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन ३०, २०८०
गौमुलमा विद्यालय दिवा खाजामा हरीयो सागपात, असारदेखि दाल उपलब्ध गरिने

बाजुरा : गौमुल गाउँपालिकामा विद्यालय दिवा खाजामा हरीयो सागपात खुवाउँन सुरु गरेपछि तरकारी बालबालिको प्रमुख रोजाईमा पर्न थालेको छ । गाउँमै कृषकले उत्पादन गरेको हरीयो सागपात विद्यालय दिवा खाजामा खुवाइँन थालेपछि बालबालिको रुचि बढ्दै गएको हो ।

बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखि सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकषर्ण बढाउन नेपाल सरकारले दिवा खाजा अनिवार्य गरेको छ ।

प्रारम्भिक बालविकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरुले दिनको एक पटक दिउँसो दिवा खाजा सुविधा पाईरहेका छन् । पछिल्लो समय बालबालिकाका लागि दिवा खाजा आकषर्णको माध्यम पनि बन्ने गरेको पाईएको छ ।

कृषकले उत्पादन गरेको तरकारी प्रवद्र्धन र खेर जान नदिन गौमुल गाउँपालिकाले विभिन्न संस्थाहरुको साँझेदारीमा दिवा खाजामा तरकारी अनिवार्य गरेपछि प्रभावकारी बन्दै गएको छ । यसले गर्दा कृषकको आम्दानी बढेको छ । भने बालबालिकाले पौष्टी आहार खान पाएका छन् । 

आज दिवा खाजालाई थप प्रभावकारी बनाउँन जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक र सेतो गराँस बिच छलफल भएको छ । हालसम्म पालिका शिक्षा क्षेत्रमा भईरहेका राम्रा अभ्यास र आगामीक दिनमा गनुपर्ने कामका विषयमा छलफल तथा समीक्षा गरिएको गौमुल गाउँपालिका प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।

सीक्षामा २०८१ असारदेखि दिवा खाजामा दाल पनि उपलब्ध गराउँने विषयमा पनि छलफल भएको छ । त्यस्तै बालबालिकाको शिक्षा, स्वास्थ्य र कृषकरुहको आयआर्जन बढाउने सवालका विषयमा पनि गम्भीर छलफल भएको प्रवक्ता रोकायाले बताए ।

प्रतिक्रिया