गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३२
Dho

बाजुरामा विभिन्न कार्यक्रमसहित मनाइँयो ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस

गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २६, २०८०
बाजुरामा विभिन्न कार्यक्रमसहित मनाइँयो  ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस

बाजुरा : बाजुरामा विभिन्न कार्यक्रमका साथ अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । महिलामा लगानी, सभ्य र समुन्नत समाजकाे थालनी, भन्ने मूल नाराका साथ  ११४ औँ महिला दिवस मनाएको हो । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न वडा स्तरमा चेतनामूलक सन्देश सहीतका कार्यक्रमहरु सञ्चालन गरी नारी दिवस मनाएको छ ।

सबै नारीहरु एकै ठाउँमा जम्मा भएर वक्तित्वकला, हाजिरीजवाफ लगायत शसक्तिकरणमा उन्मुख गराउँने खालका कार्यक्रमहरुको आयोजना गरी अन्र्तराट्रिय महिला दिवस मनाएको हो । 

लैंगिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका साथै सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाएको छ ।

यसै अनुरुप गौमुल गाउँपालिकाका ६ वटै वडाहरुमा पनि भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । वडा नं.१,२,३,४,५ र ६ मा विभिन्न सन्देशमुलक कार्यक्रम सहीत दिवस मनाएको वडाध्यक्षहरुले जानकारी दिएका छन् ।

नारी दिवसको अवसरमा वडामा वक्तित्वकला, देउडा प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमा सबैलाई सम्मान पुरस्कार प्रदान गरिएको बताइएको छ । कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष प्रकाश बहादुर रोकायाले महिलामा हुने विभिन्न खालका हिंसालाई अन्त्य गर्न सबैले सक्रिय हुन आवश्यक रहेको बताएका छन् ।

नारीलाई सबैले सम्मान गर्न सिक्न जरुरी रहेको बताउँदै समाजमा हुने सबै क्रियाकलापमा महिलाहरुलाई सहभागिता गराउँने खालको थिति बसाल्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय महिलाका लागि विगतका भन्दा अहिले धेरै अवसर रहेको भएपनि ती अवसरहरु लिन अझै नसकेको बताएका छन् ।

धेरै महिलाहरुले विभिन्न क्षेत्रमा श्रम गरिरहेको भएपनि आफूलाई फाइदा हुने वा नहुने श्रम गरिरहेका छौ भन्ने थाहा हुन नसेको उनले बताए । महिलाहरुले सहभागितामा मात्रै सिमित नभएर अर्थपूर्ण सहभागितामा जोड दिनुपर्ने उनले बताएका छन् ।

 त्यस्तै वडा नं.२ का वडाध्यक्ष देवबहादुर रोकायाले महिलाको जीवनस्तरमा परिवर्तन नहुँदा सम्म समृद्ध समाज निर्माणको गन्तव्यमा पुग्न नसकिने बताएका छन् । महिलाको उत्थानका लागि सबै निकायले आवश्यक नीति सहीतका कार्यक्रम लागु गर्नुपर्ने उनले बताएका छन् । 

त्यस्तै कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष कलक बहादुर सिहंले महिलाहरुले चुनौतिलाई अवसरको रुपमा बदल्दै अगाडी बढ्नुपर्ने र आफ्नो अधिकारको सदुपयोग गर्दै शसक्तत र श्रमजीवमा बदलिनुपर्ने बताएका छन ।

त्यसैगरी वडा नं.४ का वडाध्यक्ष अमर बहादुर विकले हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसले महिलाहरुको सहभागिता र शसक्त हुँदै गएकी बताएका छन् । 

महिलालाहरुले आफ्नो हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् । कुनै दिन ग्रामीण क्षेत्रका महिलाहरु सधै चुलो चौकोमा देखिने अहिले समाज रुपान्तरण सहीत हक अधिकार खोज्दै विभिन्न तहमा सहभागिता हुने गरेको बताउँदै थप यसलाई विभिन्न क्षेत्रमा आफ्नो हक अधिकारका लागि लड्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया