गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२८
Dho

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन लिएको छ। माओवादीबाट मन्त्री बनेकाहरु मुख्यमन्त्री कमलबहादुर शाहबाट बर्खास्तमा परेपछि माओवादी केन्द्र सुदूरपश्चिमले आज (बुधबार) प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सुदूरपश्चिम प्रदेश सरकारबाट केन्द्रको सत्ता नेतृत्वको दल माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको हो।

बुधबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। केन्द्रमा गठबन्धन भत्केर नयाँ समीकरण बनेपछि मंगलबार मुख्यमन्त्री शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाइ बर्खास्त गरेका थिए। त्यसपछि आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री बनेका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका थिए। सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ प्रदेश सभा सदस्य छन्। माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै देखिएको छ।

अहिलेसम्म कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ। सुदूरपश्चिममा कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। मुख्यमन्त्री शाहसँग कांग्रेस बाहेक अन्य दुई दलले समर्थन फिर्ता नलिएसम्म २९ सांसदको समर्थन रहन्छ।

प्रतिक्रिया