गाैमुल खबर डटकम आइतबार ०९, मङि्सर २०८१ ०३:०४

सदरमुकाम मार्तडी बजारमा सवारी पार्किङ गर्न नपाईने

सवारी पार्किङ पानी पातलमा
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन १६, २०८०
सदरमुकाम मार्तडी बजारमा सवारी पार्किङ गर्न नपाईने

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा सवारी सधान चलेको दशक बितिसक्दा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन् । दशक देखिको निर्माणाधिन पानीपातल बसपार्का समयमै निर्माण सम्पन्न नभएको र निर्माण पूरा नभएपछि पनि गतिलो नहुँदा सवारी साधन सडकमै पार्किङ गर्ने गरिएको छ ।

मार्तडी बजारको तालीबाट, नेपाल टेलिकमदेखि तुफानडाँडा हुदै दुनी हाटबजारसम्म बस पार्ककै रुपमा सवारी साधन पार्किङ गर्ने गरिएको छ । बसपार्क अभावकै कारण व्यवस्थित र असुरक्षित रुपमा राख्नु परेको गुनाँसो यातायात व्यवसायीको छ । सवारी चलाउन देखि पैदल हिँड्न समेत जोखिम बढेपछि स्थानीय प्रशासनले चाँसो देखाएको छ ।

स्थानीय स्तरमै व्यवस्थापन गर्न नगरपालिकाले पनि वैकल्पिक बसपार्क निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । तरपनि हाललाई पानी पातल बसपार्कमै पार्किङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । आकारमा सानो भएपनि जति अटाउँछ, सबै त्यहीँ राख्ने निर्णय भएको अधिकारी पौडेलले बताएका छन् ।

तालीदेखि तुफानडाँडा, दुनीहाट बजार कतै पनि बस र जीप पार्किङ गरेको पाईएमा कारवाही गर्ने गरि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् । मार्तडीको सुरक्षा जोखिम बढेको, बजारको शोभा नै हराएको, फोहर मैला बढेको र अव्यवस्थित बजार देखिएकोले तत्काल व्यवस्थित गर्ने निर्णय गरिएको हो । 

सडक छेउछाउमा कुनै पनि बेला कुनै पनि सवारी साधान नराख्ने गरी निर्णय गरिएकोले त्यहीँ आधारमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् । पार्किङ नै सडक छेउ बनाउने वर्षौ देखिएको बाध्यता केही हदसम्म हटाउने गरी निर्णय गरिएको र त्यो कार्यान्वयन गर्न सबै यातायात व्यवसायी तयार हुनुपर्ने निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक भण्डारीको भनाई रहेकाे छ ।

बडीमालिका नगरपालिकाले पनि पानी पातलको बसपार्क व्यवस्थित गर्ने र थप सहजताका लागि बाउलीमा अर्को बसपार्क बनाउने तयारी थालेको छ । मार्तडी बजार क्षेत्रमा कुनै पनि सवारी साधन पार्किङ गरेको देखिएमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न पाउने गरी सर्वपक्षीय निर्णय गरिएको छ ।

अबदेखि कुनै पनि सडक छेउमा बस, जीप पार्किङ गरेको नदेखिने गरी प्रबन्ध मिलाउने सुरक्षा व्यवस्था गरिएको प्रहरीले बताएको छ । बडीमालिका नगरपालिकाले पनि सदरमुकाम नै अस्तव्यस्त भएपनि पानी पातलमा बसपार्क तत्कालका लागि सार्न तयार देखिएको हो ।

व्यवसायीले पनि छेउमा भएको, सबै सवारी साधन राख्न नसकिने जस्ता समस्या देखाएर लामो समयदेखि सडकमै पार्किङ गरिरहेका थिए । अब कुनै पनि बहाना र समस्या देखाएर सडकमा पार्किङ गर्न र गराउन नपाईने निर्णय गरिएको छ । निर्णय कार्यान्वयन सँगै सुरक्षा चुनौती घट्ने छ । भने सडक छेउछाउमा हुने पार्किङ समस्या हट्ने र अस्तव्यस्त बजार दृश्यमा समेत सुधार देखिने भएको छ ।

प्रतिक्रिया