गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२०
Dho

बाजुराको कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन १५, २०८०
बाजुराको कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा : कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।  

बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार शाहले जानकारी दिएका छन् । 

उनका अनुसार गर्भावस्थामा एक पटक पनि चेकजाँच नगरेको, प्रेसर हाइ, खुट्टा सुनिएको र हेमोगोलोबिन पनि कम भएकाले यहाँ अप्रेशन सम्भव नहुने भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्रचारपछि गर्भवती विष्टलाई रिफर गरेकाे हो ।

बिष्टको राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत निःशुल्क नेपाली सेनाको हेलिकपटर मार्फत उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।  

प्रतिक्रिया